• स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा भारीअङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा मंगलबार भने तोलामा नै सुन एक हजार ७०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापवाल सुन तोलामा ८७ हजार रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।

    यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० रुपैयामा कारोवार भएको थियो ।

    यसैगरी चाँदी तोलामा ४० रुपैयाले घटेको छ । सोमबार एक हजार ३३० रुपैयामा कारोवार भएको चाँदी मंगलबार भने तोलामा एक हजार २९० रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

4565