• अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला चेम्वरको आयोजनामा काठमाडौंमा तीन दिने नेपाल महिला चेम्वर ट्रेड मेला हुने भएको छ । महिला चेम्वरले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन २४ देखि २६ गतेसम्म महिला चेम्वर ट्रेड मेला हुने जानकारी दिएको हो ।

    काठमाडौंको र्याडिशन होटलमा हुने मेलामा ८० वटा स्टल रहने मेला संयोजक तथा महिला चेम्वरका सचिव लिमा अधिकारीले जानकारी दिइन ।

    मेलामा खाना, श्रृगार, ह्यााण्डिक्राफ्ट लगाएतका स्टल रहने र स्टल राख्न चाहनेका लागि बुकिङ समेत खुल्ला गरिएको उनले बताइन । महिलालाई सफल सक्षम, उद्यमी र व्यवसायी बनाउनका लागि र महिलाको व्यवसाय विस्तारका लागि हरेक बर्ष मेलाको आयोजना गर्दै आएको अधिकारीले जानकारी दिइन । मेलामा व्यवसायलाई बिस्तार गर्नका लागि बैंकिङ्ग परामर्शको पनि व्यवस्था गरिने उनले बताइन ।

    महिलाले आफू उद्यममा लाग्न आफैँ क्रियाशील रही आत्मनिर्भर बन्नुपर्नेमा महिला चेम्वरले जोड दिएको छ । मेलाको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुहुने महिला चेम्वरले जनाएको छ ।

4565