-
निजी क्षेत्रबाट नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानी बार्षिक १२ अर्ब २३ करोड ३० लाख रुपैयाँले घटेको छ । कम्पनीले सन् २०१९ को तुलनामा सन् २०२० मा उक्त आम्दानी गुमाएको हो ।
एनसेलको प्यारेन्ट कम्पनीले बिहीबार मात्र सन् २०२० को अन्तिम त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार सन् २०१९ मा ५४ अर्ब १६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० को वर्षमा ४१ अर्ब ९२ करोड ८० लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।
यससँगै पछिल्ला पाँच वर्षदेखि लगातार रुपमा एनसेलको आम्दानी खुम्चिँदै गएको देखिन्छ । सन् २०१६ मा ५८ अर्ब ६५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले त्यसपछिका दुई वर्षमा क्रमशः ५८ अर्ब ५ करोड ४० लाख रुपैयाँ र ५७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस हिसाबले कम्पनीको यस वर्षको आम्दानीको गिरावट अहिलेसम्मकै ठूलो हो । कम्पनीले सन् २०२० को चौथो त्रैमासिक अवधिमा मात्रै २ अर्ब ४१ करोड ३० लाख रुपैयाँ आम्दानी घटेको छ ।
सन् २०१९ को अन्तिम तीन महिनामा १२ अर्ब ७२ करोड ७० लाख आम्दानी गरेको कम्पनीले सन् २०२० को सोही अवधिमा केवल १० अर्ब ३१ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।
ओटीटी सेवाहरुको प्रयोग बढेसँगै भ्वाइस सेवाको प्रयोग घटेका कारण कम्पनीले लगातार रुपमा आम्दानी गुमाउँदै गएको देअिएको छ । अहिले पनि कम्पनीको कूल आयमा ७६ प्रतिशत योगदान भ्वाइस सेवाकै रहेको छ ।
कम्पनीले गत वर्षको तुलनामा ११ लाख ४६ हजार ग्राहक समेत गुमाएको छ । प्रतिवेदन अनुसार सन् २०१९ मा १ करोड ६८ लाख ७१ हजार ग्राहक रहेकोमा सन् २०२० को अन्त्य सम्म आइपुग्दा ग्राहक आधार १ अर्ब ५७ करोड २५ हजारमा सीमित भएको हो ।
News Desk 0 response शुक्रबार, फाल्गुन १४, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

सोमवार, भदौ २९, २०८३