-
निजी क्षेत्रबाट नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानी बार्षिक १२ अर्ब २३ करोड ३० लाख रुपैयाँले घटेको छ । कम्पनीले सन् २०१९ को तुलनामा सन् २०२० मा उक्त आम्दानी गुमाएको हो ।
एनसेलको प्यारेन्ट कम्पनीले बिहीबार मात्र सन् २०२० को अन्तिम त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार सन् २०१९ मा ५४ अर्ब १६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० को वर्षमा ४१ अर्ब ९२ करोड ८० लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।
यससँगै पछिल्ला पाँच वर्षदेखि लगातार रुपमा एनसेलको आम्दानी खुम्चिँदै गएको देखिन्छ । सन् २०१६ मा ५८ अर्ब ६५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले त्यसपछिका दुई वर्षमा क्रमशः ५८ अर्ब ५ करोड ४० लाख रुपैयाँ र ५७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस हिसाबले कम्पनीको यस वर्षको आम्दानीको गिरावट अहिलेसम्मकै ठूलो हो । कम्पनीले सन् २०२० को चौथो त्रैमासिक अवधिमा मात्रै २ अर्ब ४१ करोड ३० लाख रुपैयाँ आम्दानी घटेको छ ।
सन् २०१९ को अन्तिम तीन महिनामा १२ अर्ब ७२ करोड ७० लाख आम्दानी गरेको कम्पनीले सन् २०२० को सोही अवधिमा केवल १० अर्ब ३१ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।
ओटीटी सेवाहरुको प्रयोग बढेसँगै भ्वाइस सेवाको प्रयोग घटेका कारण कम्पनीले लगातार रुपमा आम्दानी गुमाउँदै गएको देअिएको छ । अहिले पनि कम्पनीको कूल आयमा ७६ प्रतिशत योगदान भ्वाइस सेवाकै रहेको छ ।
कम्पनीले गत वर्षको तुलनामा ११ लाख ४६ हजार ग्राहक समेत गुमाएको छ । प्रतिवेदन अनुसार सन् २०१९ मा १ करोड ६८ लाख ७१ हजार ग्राहक रहेकोमा सन् २०२० को अन्त्य सम्म आइपुग्दा ग्राहक आधार १ अर्ब ५७ करोड २५ हजारमा सीमित भएको हो ।
News Desk 0 response शुक्रबार, फाल्गुन १४, २०७७
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२