-
नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ । संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउने बारे छलफल र त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने बैठकले निर्णय गरेको छ । बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।
त्यस्तै देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय भएको छ। राजीनामापछिको अवस्था मूल्यांकन गरेर प्रधानमन्त्री ओलीले राजीनामा दिने नदिने आवश्यक निर्णय गरिने नेकपा ओली समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । ‘प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने,‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं।’
News Desk 0 response बुधबार, फाल्गुन १२, २०७७
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३