-
प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत रुपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनैतिक दललाई मन नपरेको आरोप लगाउनु भएको छ ।
आइतबार पाँचौ इन्द्रदह पर्यटन उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाको विरोधमा हतियार उठाइरहेको विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गरी समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेपछि कतिपयलाई आतंक छाएको बताउनुभएको हो । विप्लव समूहले वार्ता गर्ने भएपछि उक्त समूहलाई प्रयोग गर्न चाहानेहरुमा छट्पटी भएको पनि प्रधानमन्त्री ओलीले बताउनु भयो । पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मुलधारमा आउँदा पनि अरुलाई छट्पटी भएको प्रधानमन्त्री ओलीको भनाई छ ।
उहाँले भन्नुभयो ‘हतियार उठाइरहेका, व्यवस्थाका विरोध गरिरहेका विप्लव समुहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौ हामि, वार्ता गरेर समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेछन् । कतिपयलाई आतंक छायो । विप्लवलाई प्रयोग गरुँला कि भनेको त वार्ता गरेर समस्या समाधान गर्छु पो भन्न थाले देश त साच्चै हरेक हिसाबले अगाडी बढ्छ कि क्या हो, पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मुलधारमा आउँछु भने । अब विप्लव वार्ता गर्छु भन्दैछन् । केहीलाई छट्पटी भएको छ ।’
उहाँले देश, जनता र विकासप्रति इमान्दार भई योगदान गर्नुपर्ने पनि बताउनुभयो । राष्ट्रिय एकता कायम गर्ने कुरामा र देशलाई एकजुट बनाएर लाने कुरामा एकताबद्ध हुनुपर्ने उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने भन्दै चुनावी अभियानमा जुट्न पनि आग्रह गर्नुभएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२