-
सरकारले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज कोभिसिल्ड खोप नेपालमा ल्याइएको छ । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप आइतबार दिउसो एयर इन्डियाको विमानबाट नेपाल ल्याइएको हो । सरकारले फागुन २३ गतेदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो। सो खोप यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने उनँले बताए । दोस्रो चरणको खोप अभियानमा सुरुमा ६० वर्षभन्दा माथिका उमेर समूहलाई खोप लगाइने उनँले बताए । छिटो खोप ल्याउने देशमा नेपाल पनि पर्ने उनको दाबी छ । दोस्रो चरणमा नै औषधी व्यवसायी, सरसफाइएमा खटिएका कर्मचारी, महाविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई समेत खोप दिइने उनले जानकारी दिए । उनले यसअघि पहिलो चरणमा खोप प्रदान गरिएकाहरुमध्ये केहिलाई मात्र सामान्य असर देखिएकाले ढुक्क भएर सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह समेत गरे । उनलै सहुलियत मुल्यमा भारत सरकारले खोप उपलब्ध गराएको भन्दै धन्यवाद समेत ज्ञापन गरे ।
नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो। सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो। जसमध्ये पहिलो चरणमा १० लाख डोज आइतबार आएको हो । यसअघि भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरि लगाइएको थियो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स, शववाहन चालक, पत्रकार, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिइएको छ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
-
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३

बिहिबार, बैशाख १७, २०८३