-
शेयर बजारमा निरन्तर सुधार आएपछि सार्वजनिक निष्काशनमा समेत सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको छ ।पछिल्लो समयमा इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकले साधारण शेयर निष्काशन गरेपछि डिम्याट खाता खोल्नेको संख्या झनै बढेर एक सातामा नै करिब एक लाख डिम्याट खाता खुलेका हुन् । ब्रोकर कार्यालयदेखि बैंकहरुमा डिम्याट खाता खोल्नेको लाइनले पनि शेयर बजारमा लगानीकर्ताको सहभागिता बढेको हो ।
पछिल्लो समयमा डिम्याट खाताको संख्या समेत उल्लेख्य बढेको छ । माघ महिनाको ३० गते २७ लाख ७५ हजार २८९ मात्र डिम्याट खाता थियो । तर यसको एक साता अर्थात फागुन ६ गते सम्म आइपुग्दा ९७ हजार ९९० ले बढेर २८ लाख ७३ हजार २७९ पुगेको छ ।साधारण शेयरमा आवेदन दिन देखि दोस्रो बजारमा कारोबार गर्नका लागि समेतडिम्याट खाता अनिवार्य हुनुपर्छ । नेपाल रिइन्स्योन्स कम्पनीको साधारण शेयर निष्काशन पछि पनि आम सर्वसाधारणमा शेयर सम्बन्धी जानकारी तीब्र फैलिरहेको छ ।
नेपाल रिइन्स्योन्सको साधारण शेयरमा आवेदन दिएका लगानीकर्ता सबैले शेयर पाए । दोस्रो बजारमा पनि रिइन्स्योरेन्सको प्रतिकित्ता शेयरमूल्य १८०० रुपैयाँसम्म पुगेको थियो ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३





