-
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतसँग खरिद गर्न लागिएको कोभिडविरुद्दको खोप दुई साताभित्र नेपाल आइपुग्ने बताउनुभएको छ ।
बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढीसकेकाले २ साताभित्र खोप नेपाल आइपुग्ने जानकारी दिनुभएको हो ।उहाले खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम बुझाइएको पनि जानकारी दिनुभयो ।मन्त्रालयले सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो । खोप नेपाल आएपछि २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।दोस्रो चरणमा ६० वर्ष माथिकालाई खोप दिइने उहाले जानकारी दिनुभयो । यसअघि अस्पताल र खोप केन्द्रबाट खोप लगाइने गरिएकोमा अब समुदायमा गएर खोप लगाइने मन्त्री त्रिपाठीले बताउनुभयो ।
मन्त्री त्रिपाठीले चिकित्सक संघले सार्वजनिक गरेको चिकित्सकको परामर्श शुल्कसम्बन्धी पत्रका बिषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । यस बिषयमा मन्त्रालयले थप निर्णय गर्नुपर्ने भएपनि संघले एकलौटी रुपमा शुल्क बढाउने निर्णयमा मन्त्रालयको सहमति नरहेको उहाले बताउनुभयो ।नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबारबाट चिकित्सकको परामर्श शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । त्यस्तै मन्त्री त्रिपाठीले नीजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको सेवा सुविधा कम्तीमा न्युनतम गर्न सरकारले पहल सुरु गरेको जानकारी दिनुभयो ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३





