• नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार बिदेशी शक्तिको इशारामा चलेको आरोप लगाएका छन । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा गरेको कार्यक्रममा ज्ञवालीले बर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इशारामा काम गरेको आरोप लगाएका हुन । उनले दार्चुलामा तुईन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका बिषयमा सरकार मौन बसेको आरोप लगाए । निर्वाचनमा जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा आउने उनको दावी थियो ।

    एमाले सरकारमा आएपछि फेरि देशलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउने उनको भनाई थियो ।

4565