• सत्तारुढ दलका शीर्ष नेताले सरकार विस्तार लगायतका विषयमा छलफल तिब्र बनाएका छन् । सरकार विस्तारमा ढिलाइ भएको भन्दै आलोचना तिब्र भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा समाजवादी एकिकृतका अध्यक्ष माधब नेपालसँग भेटवार्ता गरेका हुन् ।

    प्रधानमन्त्री देउवासँग बालुवाटारमा र अध्यक्ष नेपाललाई सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दाहालले भेटेका हुन् । दुबै नेतासँगको भेटमा मन्त्रालय भागबण्डा गरेर आगामी २२ गतेसम्म मन्त्रिपरिषदलाई पुर्णता दिने विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् । केही दिनयता सरकार विस्तार र संसद अधिवेशन आब्हान लगायतका विषयमा सत्तारुढ दलले छलफल तिब्र बनाएका छन । एसमीसी विधयेकका विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भैरहेको छ ।

    असार २८ गते सर्वोच्चको आदेशपछि २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । भदौ २२ गतेसम्म निर्वाचन आयोगले दल रोज्न एमाले र जसपाका प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई समय दिएकाले त्यसअघि मन्त्रिपरिषद् विस्तार नगर्ने सहमति दलहरुबीच भएको छ । त्यसअघि नै भागबन्डा टुंग्याउने तयारीमा नेताहरु रहेका छन् ।

4565