-
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने जनाएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै पौडेल समूहले एक जना मात्रै सभापतिको उम्मेदवार बनाउने जनाएको हो । पत्रकार सम्मेलनमा बरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट सभापतिमा एक जनाले संस्थागत उम्मेद्वारी दिने र आफ्नो समूहको एकता अधिवेशनको अन्तिमसम्म कायम रहने बताए ।
वरिष्ठ नेता पौडेलले महाधिवेशनमा आफ्नो पक्षका नेताहरुले दिइने उम्मेवारीका अन्य पदका बारेमा छलफल जारी रहेको जिकिर गरे । नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न आवश्यक रहेको भन्दै जनताको भरोसाको पार्टी बनाउनुपर्ने आवश्यकता पौडेलले औल्याए । उनले क्रियाशील सदस्यहरुको विवाद कायमै हुँदा निष्ठावान कार्यकर्ताहरु पीडित भएको भन्दै यसलाई बिधिसम्वत समाधान गर्नुपर्ने धारणा पनि राखे । त्यस्तै उनले पार्टीभित्र सुधारको खाँचो समेत औल्याए । पत्रकार सम्मेलनमा सभापतिका आकांक्षी पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सहभागी थिए । यसअघि कृष्ण सिटौला समूहमा रहेका गगन थापा पनि पौडेल समूहको पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।
News Desk 0 response बिहिबार, भदौ १७, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





