-
छोटो समयमै १५ प्रतिशत जनसंख्यामा कोरोनाविरुद्ध खोप लगाउन सफल भएकोमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाललाई बधाई दिएको छ । नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै १५ प्रतिशतलाई कोरोनाविरुद्ध पूर्ण खोप दिन सफल भएकोमा विश्व स्वास्थ्य संगठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले बधाई दिएका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म १ करोड ९२ हजार १ सय ६४ जनाले खोप लगाइसकेका छन्। हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन । यसमा पहिलो डोज ५४ लाख २४ हजार ८ सय ३६ जनाले र ६४ दाख ६७ हजार ३ सय २८ जनाले पूर्ण खोप लगाएका हुन । सरकारले असोज अन्तिमसम्म एक तिहाइ जनतालाई खोप पु¥याउने लक्ष्य लिएको छ । नेपालमा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका र जोनसनको खोप लगाइएको छ । नेपालमा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्ध खोप लगाउन थालिएको हो ।
News Desk 0 response बिहिबार, भदौ १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३