-
अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै फेरि अर्को विस्फोट भएको छ । शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि आइतबार फेरि अर्को विस्फोटन भएको हो ।विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरु गरिरहेका बेला त्यस कार्यलाई प्रभावित पार्ने गरी विस्फोटन भएको विश्लेषण गरिएको छ । विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार आइतबार साँझ ४ः५५ मा विस्फोटनको घटना भएको र अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् । विस्फोटनपछि काबुलको आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । विस्फोटनको घटनाप्रति यो समाचार लेख्दासम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् ।
काबुल विमानस्थल नजिकै यसअघि गत बिहीबार पनि शक्तिशाली विस्फोटन भएको थियो । घटनामा परी कम्तीमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो ।विस्फोटनका कारण अरू २०० जना घाइते भएको र उनीहरुमध्ये धेरैको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
पहिलो विस्फोटनपछि पनि दर्जनौँ विमानहरुले हजारौँ मानिसलाई काबुल विमास्थलबाट उद्धार गरेर अन्यत्र लगेका छन् । अफगानिस्तानमा यही अगस्त १४ तारिखका दिन तालिबान विद्रोहीहरुले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाडेका छन् ।
अफगानिस्तान छाड्न विमानस्थलमा हजारौँको भीड लागिरहेपछि त्यसलाई रोक्न तालिबान विद्रोहीहरुले नै दबाब दिइरहेका बेला विस्फोटनका घटना भएका हुन् ।अमेरिका र बेलायती अधिकारीहरुले पहिलो विस्फोटन हुनु अगाडि पनि विस्फोटन हुनसक्ने आशङ्का गरेका थिए भने आइतबारको विस्फोटन हुनु अगाडि पनि दोस्रो विस्फोटन हुनसक्ने चेतावनी दिएका थिए ।
News Desk 0 response आइतवार, भदौ १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३