• नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन । महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधीले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीन वटै तहमा कांग्रेसको बहुमत लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको दावी गरे । कसैलाई पराजित र असक्षम घोषित गर्न सभापति नबन्ने उनको भनाई थियो ।

    उपसभापति निधीले कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हुनाले संविधानको स्वामित्व कांग्रेसले लिनुपर्ने बताए ।

4565