-
नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु परेको प्रस्टीकरण दिएका छन् । नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि ओलीले पार्टी कब्जा गर्न खोजेकाले एमालेभित्रका क्रान्तिकारी कार्यकर्तालाई जोगाउन नयाँ पार्टी गठन गरेको दावी गरे ।
नयाँ पार्टी दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेकपा एकिकृत समाजवदीका अध्यक्ष माधव नेपालले ओलीले माक्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गरेपछि बाध्यताबस नयाँ पार्टी गठन गरेको बताए ।
आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै ओलीबाट पीडित भएकाहरु आआफुनो क्रम जारी रहेको बताए । उनले देशभरका नेता कार्याकर्तालाई एमाले छाडेर आउन अपिल गरे ।
आफ्नो साथ छोडेका नेताहरु प्रति लक्षित गर्दै अध्यक्ष नेपालले लामो यात्रामा जँदा कोही बीचमै थाकेर छुट्ने टिप्पणी गरे । उनले बताए हिम्मत नभएकाहरु थन्किएर बस्दा पनि क्रान्तिकारी चेत भएकाले आन्दोलनलाई नयाँ ढंगले उठाउने बताए ।नेपालले आफ्नो साथ छोड्नेहरुले पहिला चाँडै नयाँ पार्टी दर्ता गर्न आग्रह गर्दै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको पनि खुलासा गरे ।
उनले हजारौं कार्यकर्ता र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न नयाँ पार्टी खोल्न ढिलाइ गरेका नेता नेपालले बताए । पछिल्लो समय त्यसको सुनिश्चित हुने गरी संवैधानिक अनुकूलता प्राप्त भएपछि नयाँ दल खोलेको नेपालको भनाई थियो ।
News Desk 0 response बिहिबार, भदौ १०, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





