• अफगानिस्तानको काबुल विमानस्थल प्रवेश गर्न खोज्ने कम्तीमा सातजना अफगान नागरिकको हत्या गरिएको छ । तालिबानले मुलुक कब्जा गरेपछि बढेको त्रासका बीच पलायन हुन खोज्ने उनीहरुको तालिबानी लडाकुले गोली हानी हत्या गरेको एपी न्यूजले जनाएको हो । एपीले बेलायती सैनिकलाई उदृत गर्दै उक्त खबर लेखेको छ ।

    तर एपीले आफ्नो खबरमा यसअघि शनिवार हत्या गरिएका चारजनासमेत काबुल विमानस्थलबाहिर मारिएकाहरुको संख्या सात पुगेको हो वा होइन भन्ने प्रष्ट पारेको छैन । यद्दपि, अलजजिराले भनें आइतवार नै तालिबानले सातजनाको हत्या गरेको बताएको छ ।

4565