-
चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले ‘वाई’ सिरिज अन्तर्गत ‘वाई ५३एस’ स्मार्टफोन छिट्टै नै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । अल-इन-वान स्मार्टफोनको ट्यागलाइन दिइएको यो फोन ‘वाई’ सिरिजको सबैभन्दा उत्कृष्ट फोन भएको कम्पनीको दाबी छ ।
कम्पनीले नयाँ पुस्ताको रुचि र आवश्यकतालाई मध्यनजर गरी यो फोनमा आधुनिक फिचर उपलब्ध गराएको बताएको छ । ट्रिपल रियर क्यामेरा र वाटर ड्रप डिस्पल नचसहित आउने फोन एन्ड्रोइडमा ११ मा आधारित फनटक ओएस ११.१ मा चल्दछ ।
यसमा ६० हर्ज रिफ्रेस रेट सहितको ६।५८ इन्च फुल एचडी प्लस डिस्प्ले, अक्टाकोर मिडियाटेक हेलियो जी८० चिपसेट, ६४ मेगापिक्सेल प्राइमेरी क्यामेरा, ८ जीबी र्याम, १२८ जीबी अनबोर्ड स्टोरेज, ३३ वाट फास्ट चार्जिङ लगायतका मुख्य फिचर छन् ।
गत वर्ष भिभोले ‘भी २०’ सिरिजमा आई-अटो-फोकस प्रविधि प्रयोग गरेको थियो भने ‘भिभो वाई ५३एस’ पनि सामाजिक सञ्जालका फोटोका लागि उपयुक्त आई-अटो-फोकस का साथ आएको छ ।
नेपाली बजारमा यो फोन दुई कलर भेरियन्टमा आउने जनाइएको छ ।भिभोको वाई सिरिज ‘स्विफ्ट पर्फर्मेन्स’ का लागि प्रचलित छ । उत्कृष्ट ब्याट्री लाइफ र छिटो चार्जिङ सिस्टम साथै र्याम र स्टोरेज यसको बलियो पक्ष हो । जसका कारण धेरै प्रयोगकर्ताले वाई सिरिज रुचाएका छन् ।
युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको यो फोनले रेड्मी नोट १० प्रो म्याक्स र सामसङ ग्यालेक्सी एम५१ सँग तीव्र प्रतिस्पर्धा गर्ने विश्लेषण गरिएको छ । नेपाली बजारमा यसको मूल्य ३२ हजारदेखि ३५ हजार रूपैयाँसम्म पर्ने अनुमान छ ।
News Desk 0 response शनिबार, भदौ ५, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





