-
अफगान प्रहरीका प्रान्तीय प्रमुख जनरल हाजी मुल्ला अचाकजाईको हत्या गरिएको छ । हालै अफगानिस्तानको सत्ता कब्जा गरेका तालिबान विद्रोहीले बाद्गिस प्रान्तका प्रहरी प्रमुख हाजी मुल्लाको हत्या गरेका हुन् ।
उनलाई तालिबानले प्रान्तीय राजधानी कब्जा गरेकै दिन नियन्त्रणमा लिएका थिए । ताबिलानले नियन्त्रणमा लिएलगत्तै हाजी मुल्लालाई तुर्कमेनिस्तानको सीमा नजिक बन्दी बनाएको हुनसक्ने भिएको छ । हाजी मुल्लाको हत्या गरिएको भिडियो तालिबानसम्बन्धी जानकारी प्रवाह गर्ने एउटा नेटवर्कमार्फत सार्वजनिक गरिएको छ ।
हत्या गर्नुअघि हाजी मुल्लालाई हात बाँधिएको, आँखामा पट्टी लगाइएको तथा घुँडा मारेर बस्न लगाइएको देखिएको छ । उनका पछाडि दुईजना मानिसले आपसमा कुराकानी गरेको पनि भिडियोमा सुनिएको छ । तालिबान नेतृत्वले पुरानो सरकारका मानिसविरुद्ध प्रतिशोध नलिने भन्दै आश्वस्त गराएको भए पनि धमाधम हत्या गरिरहेका छन् ।
हाजी मुल्लालाई धेरैपटक गोली हानेको उनको मृत शरीरमा देखिएको छ । हाजी मुल्ला अफगान गुप्तचरका कहलिएका अधिकारी रहेको तथा उनी लामो समयदेखि तालिबानविरुद्ध सक्रिय रहँदै आएकाले उनी तालिबनको निशानामा परेको आशंका गरिएको छ ।
News Desk 0 response शुक्रबार, भदौ ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३