• बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएपछि शाक्य संसदीय दलको नेता चयन भएकी थिइन् । नवनियुक्त मुख्यमन्त्री शाक्यले बुधबार नै प्रदेश प्रमुखसँग पद तथा गोपनियताको सपथ लिएकी छिन् । यसअघि मुख्यमन्त्री नियुक्त भएपछि उनले आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताएकी थिइन् ।

    यस्तै राजीनामा दिएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पार्टी एकताको पक्षमा लडेकोले पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको प्रतिक्रिया दिएका थिए ।

    यसैबीच नवनियुक्त मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद विस्तार गरेकी छिन् । जसमा समाजिक विकास मन्त्रीमा कृष्ण शर्मा खनाल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे रहेका छन् । पाण्डेलाई भौतिक पूर्वाधार तथा विकासमन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । बागमती प्रदेशमा माधव पक्ष एमालेबाट बाहिरिँदा सरकार टिक्ने अवस्था नरहेपछि यसअघि नेपाल पक्षमै लागेकी शाक्यलाई मुख्यमन्त्री बनाइएको हो ।

4565