-
तालिबान विद्रोहीहरुले अफगानिस्तानमा सरकार गठनको तयारी थालेका छन । २० बर्षको लामो संघर्षपछि सत्ता कब्जा गरेका तालिबानले सरकार गठनका लागि प्रक्रिया अघि बढाएका हुन । नयाँ सरकारले देश र जनताको भलाईका लागी काम गर्ने तालिबानको भनाइ छ । तालीवानका प्रभावशाली नेताहरु मुल्ला अब्दुला बरादर र हिब्तुल्लाह अखुन्दजादाले सरकार सम्हाल्ने तालीबानले जनाएको छ ।
आफनो नेतृत्वमा सरकार गठन हुँदा कुनै पनि नागरिकले डराउनु पर्ने स्थिती आउन नदिने प्रतिबद्धता समेत तालिबानले जनाएको छ । तालीबानले सरकार गठनसँगै अफगानिस्तान इस्लामिक राष्ट्र हुने यसअघि नै घोषणा गरिसकेका छन । चीन, पाकिस्तान र रुसले आफुहरुलाई मान्यता दिइसकेको दाबी तालिबानको छ । तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएसँगै भय र त्रासमा रहेका बासिन्दा भने त्यहावाट बाहिरिन अनेक प्रयास गरिरहेका छन ।
काबुल विमानस्थलमा अमेरिकी सैनिकले गोली चलाउदा दुई जनाको र तीन जनाको उडान लगत्तै विमानवाट खसेर मृत्यु भएको छ । अमेरिका सहित उसका सहयोगी देशहरुले आफ्ना कूटनीतिक कर्मचारी तथा नागरिकहरु तीव्र गतिमा काबुलबाट फिर्ता लगिरहेका छन् । आइतबार राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेसँगै उनको सरकार ढलेको थियो । त्यसपछि तालिबानले आफ्नो जित घोषणा गरेको थियो ।
News Desk 0 response मङ्लबार, भदौ १, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३