-
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिबानविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन् । तालिवान विद्रोहीले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गरिरहेका बेला देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति घानीले सहयोगको आह्वान गरेका हुन् । उनले आफूले तत्काल राजीनामा नदिने घोषणा पनि गरेका छन् ।
अफगानिस्तान अभूतपूर्व संकटमा गुज्रिएको बताउँदै राष्ट्रपति घानीले मुलुकको पछिल्लो परिस्थितिबारे आफूले विश्व नेताहरुसँग छलफल गरिरहेको समेत बताए । हिंसाका कारण तालिवानी नियन्त्रित सहरबाट राजधानी प्रवेश गर्ने नागरिकहरुको अवस्थाबारे पनि उनले चासो व्यक्त गरेका छन् । शनिबारसम्म तालिवानले ३६ मध्ये १८ वटा प्रान्तीय राजधानीलाई कब्जामा लिइसकेका छन् ।
यसैबीच तालिबान विद्रोहीले आगामी ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायले गरेको सीएनएनले जनाएको छ । तालिबानले कब्जा गर्न सक्ने अनुमानपछि अमेरिकाले काबुलस्थित आफ्नो दूतावासलाई संवेदनशिल सामग्रीहरु नष्ट गर्न निर्देशन दिएको छ । ती सामग्री नष्ट नगर्दा तालिवानले प्रपोगान्डाको रुपमा प्रयोग गर्न सक्ने जोखिम हुने भएकाले यस्तो निर्देशन दिएको जनाइएको छ । २० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले त्यहाँ हिंसा मच्चाएको छ ।
News Desk 0 response शनिबार, साउन ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३