-
सभामुख अग्निप्रसाद सापकोटाले माओवादी सांसद मातृका यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले माओवादी सांसद यादवले बिहीबार बसेको बैठकमा मेन्टल्ली, फिजिकल्ली भनेर ओलीको स्वास्थ्यमा बिषयमा दिएको अभिव्यक्ति हटाउन निर्देशन दिएका हुन् ।
शुक्रबारको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले आ आफ्नो ठाउँमा उठेर यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए । भट्टराईले एमाले संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति संसदीय मर्यादा बिपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।
बिहीबारको बैठकमा यादवले ओलीप्रति लक्षित गर्दै प्रतिनिधि सभा पुनःस्थापना र वर्तमान सरकारलाई परमादेश भन्नेको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी गरेका थिए । बैठकमा एमाले सांसद मोतिलाल दुगडले सभामुखसंग समय नलिइ बोल्न खोज्दा विरोध भएको थियो ।
News Desk 0 response शुक्रबार, साउन २९, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





