• नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका नआएको भन्दै केन्द्रीय सदस्यहरुले असंतुष्टि जनाएपछि कार्यतालिका परिमार्जन गर्न गृहकार्य थालिएको छ । केन्द्रीय कार्यसमिति बैठकको दोश्रो दिन शुक्रबार महाधिवेशन कार्यतालिका परिमार्जनमा केन्द्रीत रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महाधिवेशनका लागि ७ वटा तहको नेतृत्व चयनका लागि निर्वाचन निर्देशिका परिमार्जन गरि कार्यतालिका तय गर्ने गृहकार्य थालेको छ ।

    कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् । बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेकाले बैठक केहि दिन लम्विने प्रवक्ता शर्माले जानकारी दिए । कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ ।

4565