-
भारतबाट किनेर ल्याईएका रेल नेपालमा सञ्चालन हुन नसक्ने व्यहोरा सहितको पत्र चेतावनी पत्र भारतले नेपाललाई पठाएको छ। भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले जयनगर–कुर्था रेल्वे सञ्चालनमा नेपाली पक्षका कारण नेपालमा रेल सञ्चालन अनिश्चित देखिएको भन्दै सम्झौता रद्द गर्ने चेतावनी पत्र पठाएको हो।
बुधबार नेपाली रेल निर्माता कोंकण रेल्वले छिट्टै रेल सञ्चालन नगरे सम्झौता रद्द गर्ने व्यहोराको पत्र नेपाल रेल्वे कम्पनीलाई लेखेको थियो। रेल्वे कम्पनीका महाप्रबन्धकबाट बुधबारै गुरु भट्टराईले राजीनामा समेत दिइसकेका छन्। कोंकणले भट्टराईको राजीनामा आएपछि यस्तो चेतावनी दिएको बुझिएको छ।

तत्कालीन केपी ओली सरकारले भट्टराईलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो। त्यसपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले भट्टराईलाई स्पष्टीकरण सोधेको थियो। तर भट्टराईले आफूलाई स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको र पदबाट हटाउने कुचेष्टा मात्र भएको पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए। साथै उनले आफ्नो व्यक्तिगत सम्बन्धले मात्र नेपालमा रेल सञ्चालन हुन सक्ने र आफू यो पदमा नरहे समस्या आउने दावी समेत गरेका थिए।
विहिबार बिहान पनि उनले फेसबुकमा लेखेका थिए, मैले पत्रकार सम्मेलनमै भनेको थिँए, कोंकण रेल्वेले सम्झौता रद्द गर्न सक्छ, म पैसा पठाउन र रेल चलाउन तयार भएको बेला स्पष्टीकरणको नाटक मंचन गरियो। यदि उसले सम्झौता रद्द गर्यो भने दुई वटा रेल कबाडीमा जान्छ भनेर।रेल निर्माता कम्पनी कोंकणले सन् २०१९ को सुरुमै जयनगर–कुर्थामा रेल सञ्चालनका लागि प्रस्ताव गरेको थियो। त्यसेबलाको सरकारले २ वटा रेल मात्रै खरिद गर्ने निर्णय गरेको थियो। कोंकणले २ वटा डेमु रेल २०२० सेप्टेम्बर १८ मा जनकपुर पठाएको थियो।
News Desk 0 response बिहिबार, साउन २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३