• सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले डिजिटल नेपाल संरचनामा समयानुकूल सुधार गर्नुपर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा पदभार सम्हाल्दै सचिव अर्यालले डिजिटल नेपाल संरचनामा समयानुकूल सुधार, ब्रोड बैंक इन्टरनेट सेवा तथा सूचना राजमार्गको विस्तार र विद्युतीय हस्ताक्षरलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताएका हुन् ।

    उनले आम जनताको जीवन पद्दतिलाई सहज बनाउन सूचना प्रविधिको पहुँच विस्तार गरी साइवर सुरक्षामा ध्यान दिन आवश्यक रहेको पनि बताए । सचिव अर्यालले नेपाल टेलिकमको सेवा गुणस्तरीय गराउन, हुलाक सेवालाई प्रतिस्पर्धी तुल्याउन र मुद्रण विभागको दायरा बढाउन आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाए ।

    सचिव अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीमा जोड दिनुपर्ने पनि बताए । हालैको मन्त्रिपरिषदको निर्णयबाट अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएका हुन् ।

4565