• अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाबारे तयार पारिएको प्रतिवेदन पेस गरेपछि सांसदले उठाएका प्रश्नको जवाफ दिदै उनले देशको वर्तमान आर्थिक अवस्था बारेको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नराखिएको बताएका छन् । उनले डाटा फरक भए आफू कठघरामा उभिन तयार रहेको समेत बताए । उनले आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहित विकासका काम उल्लेख गरिएको बताए ।

    अर्थमन्त्री शर्माले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकाले सरकारले संसदमा बजेट प्रस्तुत गरेको बताए । उनले बजेटमा संसोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने बताए ।

    राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढीरहने बताउँदै अर्थमन्त्री शर्माले प्रदेश र पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने बताए । उनले मानव सूचाङ्क विकसित नभएका कर्णाली, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशलाई विशेष महत्व दिने पनि बताए ।

4565