• नेकपा एमालेले एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ । विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधी नरोकिने बताएका हुन् । उनले स्थानीय तहको चुनाव नजिक आइरहेको र पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने बताए ।

    प्रवक्ता ज्ञवालीले बैठकमा विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यसँग छलफल भएको पनि बताए । विधान संशोधनको प्रस्ताव तयार भएपछि सवै तहमा अध्ययनका लागि पठाइने एमालेको तयारी छ ।

4565