-
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले सेप्टेम्बरसम्म बुस्टर डोजलाई रोक्न आग्रह गरेको छ । धनी तथा पहुँच वाला देशले कोरोना विरुद्धको खोपको तेस्रो डोज अर्थात बुस्टर डोज लगाउने तयारी गरिरहेका बेला डब्ल्यूएचओले यस्तो आग्रह गरेको हो ।
डब्लुएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेब्रेसियससले बुस्टर डोजले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्छ भन्ने कुनै पुष्टि नभएकाले हतार नगर्न आग्रह गरेका हुन । विश्वमा अहिले कोरोनाको डेल्टा भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि बुस्टर डोजमा धनी राष्ट्रहरुको ध्यान केन्द्रित गरेको समयमा डब्लुएचओको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।
इजरायल, जर्मनीलगायत केही देशले बुस्टर डोज लगाउने योजना समेत सार्वजनिक गरिसकेका छन । तर हैटी, कङ्गोका नागरिकले अहिलेसम्म खोपको दोस्रो डोज पनि नपाएको डब्लुएचओले जनाएको छ ।
डब्ल्यूएचओले धनी र गरिब देशबीच कोरोनाविरुद्धको खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले आयस्रोत कम भएका गरिब देश खोपको आपूर्ति गर्न नसक्दा समस्यामा परेको जनाएको छ । आउँदो सेप्टेम्बरसम्ममा गरिब देशका १० प्रतिशत नागरिकलाई खोप वितरणका लागि सहयोग गर्न पनि उसले आग्रह गरेको छ ।
News Desk 0 response बिहिबार, साउन २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३