-
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले स्थानीय तहलाई लक्षित गर्दै फोरजी सेवा विस्तार गर्ने भएको छ । टेलिकमले चालु आर्थिक वर्ष २०७८-०७९ को वार्षिक बजेटमार्फत स्थानीय तहलाई लक्षित गर्दै फोरजी सेवा विस्तारको काम अघि बढाउने भएको हो ।
हाल टेलिकमको फोरजी सेवा देशका धेरैजसो जिल्ला सदरमुकाममा पुगिसकेको छ । टेलिकमले विगत दुई वर्षदेखि फोरजी विस्तार गरिरहेको भएता पनि पहिलो चरणमा जिल्ला सदरमुकामलाई यसमार्फत जोड्ने काम गरेको थियो । यद्यपि कतिपय जिल्लामा टेलिकमको फोरजी सेवा पुग्न बाँकी नै छ ।अब भने टेलिकमले आफ्नो सेवालाई स्थानीय तहमा लक्षित गर्ने भएको छ । यसको अर्थ अब टेलिकमको फोरजी सेवा जिल्ला केन्द्रबाट विस्तारै गाउँगाउँसम्म पुग्नेछ । हुन त अहिले पनि धेरैजसो स्थानीय तहमा फोरजी सेवा पुगिसकेको छ ।
टेलिकमले चालु आवमा कुल ६५ स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । जसमा पहिलो त्रैमासिकमा १६, दोस्रो त्रैमासिकमा १६, तेस्रो त्रैमासिकमा १६ र अन्तिम त्रैमासिकमा १७ स्थानीय तहमा फोरजीरएलटीई सेवा विस्तार गर्ने योजना बनाएको छ ।यसरी ६५ स्थानीय तहमा फोरजी सेवा विस्तार गर्दा यो वर्षको अन्त्यसम्म देशका लगभग सम्पूर्ण स्थानीय तहमा फोरजी विस्तार भइसक्ने उल्लेख गरिएको छ ।
News Desk 0 response बुधबार, साउन २०, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३