-
अफगानिस्तानका रक्षा मन्त्रीको घरमा हतियारधारीले आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको हो । आक्रमणका बेला मन्त्री बिस्मिल्लाह घरमा थिएनन् । मंगलबार बन्दुकधारीले बिस्मिल्लाहको घरमा कार बम बिस्फोट गराउनुका साथै गोली प्रहार गरेका हुन् ।
मन्त्री बिस्मिल्लाहको परिवारलाई सुरक्षित रुपमा त्यहाँबाट निकालिएको र आक्रमणकारीहरु मारिएको सुरक्षा बलले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अफगानिस्तानका प्रमुख शहरहरुमा सरकारी सुरक्षा बल र तालिबान लडाकुबिच भिडन्त जारी रहेका बेला आक्रमण भएको हो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले तत्काल हिंसा अन्त्य गर्न आह्वान गरे पनि भिडन्त जारी छ । रक्षा मन्त्रीको घरमा भएको आक्रमणमा चारजनाको ज्यान गएको सुरक्षा अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् । अन्य ११ जना घाइतेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाएको छ । खबरमा चार आक्रमणकारी पनि मारिएको उल्लेख छ । अमेरिकाको विदेश मन्त्रालयले रक्षा मन्त्री बिस्मिल्लाहको घरमा भएको आक्रमण तालिबान आक्रमणको सम्पूर्ण संकेत रहेको बताएको छ ।
News Desk 0 response बुधबार, साउन २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३