• अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले ११ जना महिलालाई यौन दुव्र्यवहार गरेको प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा तरंग पैदा गरेको छ ।

    प्रतिवेदन सार्वजानिक भएसँगै राष्ट्रपति जो बाइडनले आरोपी डेमोक्र्याटिक पार्टीका गभर्नर कुमोको राजीनामा मागेका छन् । पार्टीका अरु नेताले पनि कुमोले राजीनामा दिनुपर्ने माग गरेका छन् । गभर्नर कुमोले कार्यस्थलमै दुव्र्यवहार गरेको एक जना महिलाले सार्वजनिक गरेपछि अनुसन्धान थालिएको थियो ।

    न्यूयोर्ककी महान्यायाधिवक्ता लेतितिया जेम्सले पाँच महिना लामो अनुसन्धान प्रतिवेदन मंगलवार सार्वजानिक गरेकी हुन् । प्रतिवेदनमा ६३ वर्षीय कुमोले गलत नियतले महिलालाई छुने, चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको उल्लेख छ । कुमोको कार्यालयमा कामको वातावरण विषाक्त रहेको पनि उल्लेख छ ।

    राष्ट्रपति वाइडेनले राज्यको संसदले महाअभियोग लगाउन सक्ने भए पनि कुमोले राजीनामा दिनु पर्ने बताए । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले विज्ञप्ति निकालेरै पद त्याग्न कुमोलाई भनेकी छन् । कुमोले भने आरोप अस्वीकार गर्दै आफ्नो बोली र व्यवहारलाई केही मानिसले गलत रूपमा बुझेको र प्रतिवेदन अन्यायपूर्ण भएकाले राजीनामा नदिने उल्लेख गरेका छन् ।

4565