• अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा आक्रमण भएको छ । घटनामा परी एक प्रहरी र राष्ट्र संघका केही कर्मचारी घाइते भएका छन् । अफगानिस्तानको हेरातस्थित राष्ट्रसंघको मुख्य परिसरमा सरकारविरोधी तत्वले आक्रमण गरेको संयुक्त राष्ट्रसंघ सहायता मिसनले जनाएको छ ।

    घटनाको राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको कार्यालय र यसका कर्मचारीप्रतिको आक्रमण अन्तर्राष्ट्रिय कानूनबमोजिम पनि निषेधित रहेको भन्दै महासचिव गुटेरेसले घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

    २० वर्षदेखि रहेको अमेरिकी सेना अफगानिस्तानबाट स्वेदश फिर्ता हुन थालेदेखि नै गत मे महिनादेखि तालिवानी लडाकूहरुले आफ्ना सैन्य गतिविधिलाई तीव्र पारेका छन् । तालिवानहरुले देशका दुई तिहाइ भागमा आफ्नो नियन्त्रण रहेको बताउँदै आएका छन् । अफगान सरकारले तालिवानविरुद्धको कारवाही जारी राख्न ६० हजारभन्दा बढी सेना परिचालन गरेको जनाएको छ । तालिवानको सशस्त्र गतिविधिका कारण हजारौं नागरिक विस्थापित भएका छन ।

4565