-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच आज विहान भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेपाल निवासमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो ।
भेटमा केपी ओलीले संसद विघटन गरेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र जनमोर्चाविचको गठबन्धन कायमै राख्ने विषयमा कुराकानी भएको बुझिएको छ । भेटपछि पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले शुक्रबारको भाषणका लागि ‘धन्यवाद’ दिएको जानकारी दिए । केपी ओलीलाई महाराज भनेकोमा आफूले धन्यवाद दिएको उनको भनाइ थियो ।
दाहालले माधव नेपाल समूहसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै चाँडै केपी ओलीलाई एमालेहरुले चिन्ने र माधव नेपालकै नेतृत्वमा एमाले आउने समेत उल्लेख गरे । एमाले एकता प्रक्रिया अबरुद्ध भएपछि पछिल्लो समय नेपालले यसअघि निर्माण गरिएको गठबन्धनका नेताहरुसँगको छलफललाई तिब्र बनाएका छन ।
News Desk 0 response शनिबार, साउन ९, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





