• नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन । शुक्रबार ओली राष्ट्रपति भण्डारीलाई शितल निवासमा करिव पैतालिस मिटेन कुराकानी भएको हो ।

    समसामयिक राजनीतिक घटनाक्रमबारे राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीविच कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । एमालेको राजनीतिमा प्रत्यक्ष चासो राख्दै आएकी राष्ट्रपति र ओलीबीच पार्टी राजनीतिको पछिल्लो विकासक्रमबारे छलफल भएको बुझिएको छ ।

    प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन । यसअघि असार २९ गते शितल निवासमा भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सपथमा समेत एमाले अध्यक्ष ओली अनुपस्थित भएका थिए ।

4565