-
गण्डकी प्रदेश सरकारले शुक्रबार पूर्णता पाएको छ । सरकार गठन भएको एक महिनापछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पौडेलले शुक्रबार नै शपथ गराएकी छिन ।
माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापाले वन वातावरण तथा भूसंरक्षणमन्त्रीका रुपमा रुपमा शपथ लिएका छन् । त्यस्तै कांग्रेसबाट मेखलाल श्रेष्ठले शिक्षा, मणिभद्र शर्माले पर्यटन र विन्दुकुमार थापाले कानुन मन्त्रीका रुपमा शपथ लिएका छन् । यसअघि शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका कुमार खड्काले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएका छन ।
यसअघि माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य, जसपाका हरिशरण आचार्यले ऊर्जा र स्वतन्त्र सांसद गुरुङले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । शुरुमा दुई मन्त्रालय पाउने सहमति भएपनि सो अनुसार जिम्मेबारी नपाएको भन्दै जसपाले भने असन्तुष्टि जनाएको छ । कांग्रेस, माओवादी, जसपा र राजमोको समर्थनमा नेपाली जेठ २९ गते मुख्यमन्त्री बनेका थिए ।
News Desk 0 response शुक्रबार, साउन ८, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





