-
नेकपा प्रचण्ड–नेपाल पक्षले सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेको छ ।पेरिसडाँडामा बिहीबार भएको छलफलका क्रममा सो पक्षका नेताहरुले आफुहरुलाई साथ दिन आग्रह गरेका थिए । सो क्रममा जसपाका नेताहरुले नेकपाको प्रस्तावमाथि दलभित्र छलफल गर्नुपर्ने बताएका थिए । छलफलपछि जसपा शिर्ष नेता राजेन्द्र महत्ताले नेकपाले सहयोगको अपेक्षा राखेको र यस बिषयमा पार्टीभित्र आन्तरिक छलफल गर्ने जवाफ दिएको जानकारी दिए ।
अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका बिषयमा सम्बोधन गर्नुपर्ने उनले बताए ।छलफलमा नेकपाले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने जनाएको थियो । प्रतिनिधि सभामा जसपाका ३२ जना सांसद छन्। ३४ सांसदमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन्। यसअघि प्रचण्ड र माधव नेपालले बुधबार बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३