• एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्का उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनु अनुपयुक्त भएको बताएका छन् । संसद भवन परिसरमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले सरकारलाई विश्वासको मत दिने सवालमा अदालतले स्वविवेकीय अधिकार प्रदान गरिसकेपछि कसैले राजीनामा दिइरहनु नपर्ने बताएका हुन । संवैधानिक इजलासको निर्णय संविधान संशोधनसरह नै हुने गौतमको भनाइ छ ।

    अदालतले संसदभित्र मतदानमा स्वविवेकीय निर्णय गर्न पाउने भनेर सुनाएको फैसलालाई उपाध्यक्ष गौतमले लोकतान्त्रिक संस्कृतिको उच्चतम रुप भएको जिकिर गरे । पार्टीको निर्णय मान्ने भए सरकारको विपक्षमा मतदान गर्ने, नमान्ने भए पक्षमा मतदान गर्ने गौतमको भनाइ थियो । सरकारको पक्षमा मतदान गर्नेहरू पार्टीमा नरहने भनेर एमाले स्थायी कमिटीले गरेको निर्णयबाट कोही डराउनु नपर्नेपनि गौतमले बताए ।

4565