• नेकपा एमालेको संसदीय दलको बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको फैसला विरुद्ध जनतामा अभियानका साथ जाने निर्णय गरेको छ । संसद भवन नया बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भएको भन्दै फैसलाले निर्दलियताको अभ्यास थालेको निष्कर्ष निकाले छ । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    एमाले संसदीय दलका नेता एंव अध्यक्ष केपी ओलीले संविधान र लोकतन्त्रलाई उपहास गरेर अदालतले निर्णय गरेको बताएका थिए । अध्यक्ष ओलीले एमाले बिभाजन गर्ने षडयन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बेला आएको बताए । ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास भइरहेको जानकारी संसदीय दलको बैठकमा जानकारी गराएका थिए ।

    प्रमुख सचेतक भट्टराईले अर्को बैठकमा अन्तुष्ट नेताहरुलाई सहभागी गराउन प्रयत्न गर्ने निर्णय गरेको जानकारी दिए । शुक्रवारको बैठकमा माधव नेपाल पक्षका सांसदहरु भने सहभागी भएका थिएनन् ।

4565