• नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनका सम्बन्धमा विज्ञहरुसँग छलफल गरेर निर्णय लिने बताएका छन । बुधबार गृहमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खाँडले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटका सम्बन्धमा सरकारले विज्ञ र प्रशासकहरुसँग सल्लाह गरी निर्णय लिने बताएका हुन । उनले बजेटको अध्ययन गरी संवैधानिक र कानुनी अवस्थालाई ध्यानमा राखेर निर्णय लिने बताए ।

    मन्त्री खाँडले कोरोना विरुद्ध अग्रपंक्तिमा खट्ने व्यक्तिहरुको सुरक्षा र प्रोत्साहनका लागि सरकारले प्रथमिकता दिने बताए । उनले व्यवस्थापिका संसदमा ओली सरकारले ल्याएका अध्यादेशहरुबारे छलफल गरेर निष्कर्ष निकालिने समेत बताए ।

    मन्त्री खाँडले केन्द्रीय विपत व्यवस्थापन कोष मार्फत् पूर्वी नवलपरासी जिल्लामा बाढीपहिरोबाट क्षति भएकाहरुलाई राहत दिन २० लाख रुपैयाँ पठाउने फाइलमा पहिलो हस्ताक्षर गरेका थिए ।

4565