• नेपाली कांग्रेस क्रियाशिल सदस्यतामा धाधली भएको भन्दै बाराका कांग्रेस नेता तथा कार्यकताले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् । बारा जिल्लामा समायोजनको विवाद टुङ्गीए पनि वडालाइ जानकारी नगरी क्षेत्रले सिधै केन्द्रमा पठाएको भन्दै उनीहरुले आइतबार पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

    पार्टीका क्षेत्रिय सभापतिहरुले आफु अनुकुलको व्यक्तिको नाम मात्र केन्द्रमा पठाएको उनीहरुको आरोप छ । धर्नामा सहभागीहरुले नियतवस रोकिएको क्रियाशिल सदस्यता नविकरण तत्काल सुरु गर्नुपर्ने, बिधान नियमावली कार्यान्वयन गर्नुपर्ने, क्रियाशिल सदस्यता वितरणमा भएको धाधली छानविन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

4565