-
नेकपा एमालेको कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गर्दै आइतबार सहमतिको घोषणा गर्ने तयारी गरेको छ । सिंहदरबारमा शनिबार बसेको कार्यदल बैठकमा असहमतिका केहि बिषयलाई टुङ्ग्याएको र आइतबार सहमतिको घोषणा हुने नेताहरुले जनाएका छन् । कार्यदलका सदस्य गोकर्ण विष्टले आइतबार सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी दिनुभयो ।
उहाले सहमतिका लागि अन्तिम अन्तिम अवस्थामा आइपुगेको र लगभग समस्यालाई समाधान खोज्ने विन्दुमा पुगेको बताउनुभयो । एकताको सन्देश सुन्न आतुर कार्यकर्तालाई आइतबार सकारात्मक सन्देश दिने उहाले बताउनुभयो । उहाले कार्यदललमा केहि औपचारिक काममात्र बाँकी रहेको जानकारी दिनुभयो । विष्टले पार्टीलाई एकताबद्ध गर्न दुवै पक्षले इमानदारी प्रयत्न गरेको जनाउनुभयो ।
त्यस्तै एमाले नेता भीम रावलले कार्यदल अन्तिम विन्दुमा रहेको र छिटै निष्कर्षमा पुगिने बताउनुभयो ।त्यस्तै एमाले नेता सुवास नेम्वाङले सहमतिको सवै काम टुङ्गीएको जानकारी दिनुभयो । आइतबार बिहान ८ बजे पछि बस्ने बैठकपछि सहमतिको विवरण सार्वजनिक हुने उहाको भनाई छ । उहाले तीन बर्षदेखिएको विवाद टुङ्ग्याउनका लागि केहि समय लागेको जिकिर गर्नुभयो ।
यसअघि कार्यदलले शुक्रबार नै पार्टी विवाद मिलाएको दावी गरेको थियो । शुक्रबार एमाले प्रवक्ता समेत रहेका कार्यदलका सदस्य प्रदीप ज्ञवालीले कार्यदलले सहमति जुटाएको र भाषा मिलाउन बाँकी रहेको बताउनुभएको थियो । कार्यदलको बैठक सोमवारदेखि लगातार बस्दै आएको छ । पार्टी एकताको पक्षमा भएको सहमतिमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालले हस्ताक्षर गरेर सार्वजनिक गर्ने कार्यदलको तयारी छ ।
News Desk 0 response शनिबार, असार २६, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





