-
हाइटीका राष्ट्रपति जोभोनेल मोइसेको हत्यामा अमेरिकन र कोलम्बियन नागरिकहरुको समुह संलग्न रहेको त्यहाँको प्रहरीले बताएको छ । सो समुहमा २८ जना मध्ये २६ जना कोलम्बियाका नागरिक र दुई जना हाइटी मूलका अमेरिकी नागरिक रहेको हाइटीका प्रहरी प्रमुख लिओन चाल्र्सले बताए ।
प्रहरीका अनुसार राष्ट्रपतिको हत्यामा संलग्न मध्ये तीन जना प्रहरीबाट मारिएका छन् भने १५ जना कोलम्बियाका र दुई अमेरिकी नागरिक पक्राउ परेका छन् । अझै आठ जना फरार छन् । मंगलबार राति हतियारधारी समुहले हाइटीका राष्ट्रपति मोइसेको हत्या गरेका थिए । आक्रमणमा मोइसेकी पत्नीलाई पनि गोली लागेको छ । अहिले उनको अमेरिकाको फ्लोरिडामा उपचार भइरहेको छ । अहिलेसम्म यो आक्रमणको प्रमुख योजनाकार को हुन् र आक्रमणको उद्देश्य भने खुल्न सकेको छैन ।
हाइटीको प्रहरीले केही आरोपीका साथै उनीहरुसँगको हतियार पासपोर्ट तथा अन्य प्रमाणहरु सार्वजनिक गरेको छ । कोलम्बियाको सरकारले आरोपीमध्ये कम्तीमा ६ जना आफ्नो मुलुकका अवकाश प्राप्त सैनिक भएको बताएको छ । कोलम्बियाले हाइटीलाई अनुसन्धान कार्यमा सघाउने बताएको छ । अमेरिकाको विदेश मन्त्रालयले भने अहिलेसम्म आफ्ना कोही नागरिकहरु पक्राउ परेको पनि थाहा नभएको बताएको छ ।
News Desk 0 response शुक्रबार, असार २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३