• माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापा सहितका नेताहरुले निवेदन दिएका हुन् । माओवादी केन्द्र छाडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका २३ नेताहरुको तर्फबाट निवेदन दर्ता गरिएको हो ।

    उनीहरु केपी ओलीले नेतृत्व गरेको एमाले प्रवेश गरेका थिए । माओवादी केन्द्र अवैधानिक रुपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको भन्दै दल खारेजको मागसहित आयोगमा निवेदन दिइएको हो । प्रधानमन्त्री केपी ओलीलाई साथ दिँदै आएका उनीहरु सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई अलग अलग गरेपछि एमाले प्रवेश गरेका थिए ।

4565