• नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसंग भेट्न अस्वीकार गरेको बताएका छन ।

    पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीका विश्वास पात्र पौडेल आईतबार बिहान नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेका थिए । भेटका क्रममा प्रधानमन्त्रीसंग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको उनले जानकारी दिए ।नेता नेपाललाई भेट्न पौडेल, सुभास नेम्वाङ, र शंकर पोखरेल कोटेश्वर पुगेका थिए ।

4565