• नेपाली काँग्रेसले राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएको छ । राष्ट्रिय सभाको बर्षे अधिवेशनको पहिलो बैठकमा काँग्रेसका सांसद राधेश्याम अधिकारीले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको भूमिका प्रति प्रश्न उठाए । उनले राष्ट्रपतिजस्तो गौरवको संस्था केवल प्रधानमन्त्रीले जे भन्यो त्यही गर्नेमा सिमित भएको टिप्पणी गरे ।

    नेकपा माओवादी केन्द्रका सांसद दिनानाथ शर्माले संसद र संविधानको सर्वोच्चतालाई प्रधानमन्त्रीले खिल्ली उढााएको आरोप लगाए । शर्माले प्रतिनिधिसभा विघटनप्रति लक्षित गर्दै प्रतिगमन सबैभन्दा ठूलो संकट भएको टिप्पणी गरे । शर्माले प्रधानमन्त्रीलाई पटकपटक प्रतिनिधि सभा विघटन गरेर नेपालको नाम गिनिज बुकमा लेख्ने अवसर आएको बताए ।

4565