-
क्यानडामा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या १ सय ३० पुगेको छ । ब्रिटिस कोलम्बिया प्रहरीले १ सय ३० जनाको अप्रत्यासित रुपमा मृत्यु भएको र अधिकांश पाको उमेरका रहेको जनाएको छ । प्रहरीका अनुसार गर्मी तथा तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । मंगलबार लगातार तेस्रो दिन क्यानडाको अधिकतम तापक्रम उच्च तहमा पुगेको थियो ।
ब्रिटिस कोलम्बियाको लिटनको तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको छ । यस अघि क्यानडाको तापक्रम ४५ डिग्री भन्दा माथि पुगेको थिएन । जोखिमयुक्त उमेर समूह वा स्वास्थ्य अवस्थाका व्यक्तिहरुका लागि हालको गर्मी घातक बन्ने देखिएको बताइएको छ । अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा चल्ने चेतावनी मौसम विभागले जनाएको छ ।
यसैबिच अमेरिकामा पनि गर्मी निरन्तर बढ्दो क्रममा छ । अमेरिकी शहर पोर्टल्याण्ड र सियाटलको तापक्रम सन् १९४० यताकै उच्च बिन्दूमा पुगेको छ । ओरिगनको पोर्टल्याण्डको तापक्रम ४६.१ डिग्री सेल्सियस र सियाटलको ४२.२ डिग्री सेल्सियस पुगेको हो । अझै केही दिन तापक्रम उच्च रहने भन्दै सचेत रहन आग्रह गरिएको छ ।
News Desk 0 response बुधबार, असार १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३