• सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बिघटनको बिषयमा अदालतले संविधानको मर्म अनुसार नै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन । संसद् दिवसका अवसरमा बुधबार सिंहदरबारस्थीत संसद सचिवालय परिसरमा बृक्षारोपण गर्दै उनले प्रतिनिधिसभा बिघटन असंवैधानिक र अलोकतान्त्रीक रहेको भन्दै अदालतबाट संविधानको मर्म अनुसारको आदेश आउने विश्वास व्यक्त गरे । संविधानको मर्म, भावना, बहुसंख्यीक सांसदको मनोभावना अनुसार नै यो बिषय निरुपण हुने उनको भनाइ छ ।

    सभामुख सापकोटाले सचिवालयको बगैंचामा रुद्राक्षको विरुवा रोपेका थिए । सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिवालयका सचिवहरु ध्रुब घिमिरे, सुदर्शन खतिवडालगायतले पनि सचिवालय परिसरमा वृक्षारोपण गरेका थिए ।

4565