• नेकपा एमालेले दशौं महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । बालुवाटारमा आइतबार बसेको स्थायी समिति बैठकले यही असार १६ गते आयोजक समितिको बैठक काठमाडौंमा बोलाउने निर्णय गरेको हो । त्यस्तै बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोभिड १९ र प्राकृतिक प्रकोपका विषयमा पनि छलफल भएको थियो ।

    एमालेको महाधिवेशन आयोजक समितिलाई सर्वोेच्च अदालतले आधिकारिक संरचना नभएको र त्यसले गरेका निर्णय मान्य नहुने फैसला गरिसकेको छ । यस सम्बन्धमा प्रवक्ता ज्ञवालीले महाधिवेशन आयोजक समितिका विषयमा सर्वोच्च अदालतको जेठ २७ गतेको फैसला त्रुटिपूर्ण भएको बताए ।

    त्यस्तै प्रवक्ता ज्ञवालीले एमालेको समस्यामा ‘खुचिङ’ नगर्न आग्रह समेत गरेका छन् । उनले एमालेले कारबाही गरेका कर्णालीका चार सांसदको पुुनर्बहालीको विषयमा त्यस्तो आग्रह गरेका हुन् ।प्रवक्ता ज्ञवालीले पार्टीको असन्तुष्ट पक्षसँग एकता गर्ने प्रयास जारी रहेको पनि बताए ।

4565