• आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । आगामी जुलाईमा स्पेनमा हुने तय भएको सिरिज कोभिड–१९ का कारण स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

    क्यानका अनुसार सिरिज सन् २०२२ जुलाई सम्मका लागि स्थगित भएको हो । सिरिजका लागि नेपालले गत मंगलबारबाट बन्द प्रशिक्षण सुरु गरेको थियो । बन्द प्रशिक्षणका लागि क्यानले २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । नेपाल राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर समेत नेपाल आएर बन्द प्रशिक्षणमा सहभागी भएका थिए ।

    लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा ४ खेलबाट ४ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ । १० खेलमा १६ अंक जोडेको ओमान शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

4565