-
इटहरी । पूर्वेली क्लब इटहरीको आयोजनामा चौथो अन्तर–पूर्वेली फुटबल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ । इटहरी–४ स्थित खेलमैदानमा सम्पन्न प्रतियोगितामा विभिन्न युवा क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतियोगितामा आयोजक पूर्वेली क्लब इटहरी, पाथीभरा युवा क्लब, मनकामना युवा क्लब तथा फलामे पुल बाल किर्तन युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो । खेल अवधिभर खेलाडीहरूको जोश, दर्शकको उत्साह र खेलमैदानको माहोल निकै रोमाञ्चक देखिएको थियो ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पूर्वेली क्लब इटहरीले ४ गोलको फराकिलो अन्तरसहित प्रतियोगिताको उपाधि हात पार्न सफल भयो । त्यस्तै, फलामे पुल युवा क्लबले १ गोल गर्दै दोस्रो स्थान हासिल गरेको थियो । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिएको थियो भने द्वितीय हुने टोलीलाई नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै पूर्वेली क्लब इटहरीका अध्यक्ष झलक वनले युवाहरूलाई खेलकुद क्षेत्रमा उज्ज्वल भविष्यको कामना गर्दै हरेक वर्ष यस्ता प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले आगामी दिनहरूमा पनि निरन्तर फुटबल तथा अन्य खेलकुद प्रतियोगिता आयोजना गर्दै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उद्घाटन सत्रका प्रमुख अतिथि पिताम्बर निम्सीनाले पूर्वेली क्लबले स्वास्थ्य, शिक्षा, खेलकुद र वातावरण संरक्षणका क्षेत्रमा सन्तुलित रूपमा योगदान पु¥याउँदै आएकोमा प्रशंसा व्यक्त गरे । उनले क्लबले युवालाई समेट्दै इटहरीको सामाजिक विकासमा निरन्तर सेवा गरिरहेको बताए ।
त्यसैगरी देश बन्धु कार्कीले युवालाई संगठित गर्दै प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्नु क्लबको पहिचान बनेको उल्लेख गर्दै खेलकुदमार्फत समाज परिवर्तन सम्भव रहेको धारणा राखे ।
News Desk 0 response शनिबार, माघ १७, २०८२
प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रति थप उत्साह जगाएको सहभागीहरूले बताएका छन् ।
सम्बन्धित शीर्षकहरु
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३ -
कांग्रेसको भविष्य: व्यक्तिको छायाँमा कि विधिको उज्यालोमा?
सोमवार, साउन १८, २०८३

माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
कांग्रेसको भविष्य: व्यक्तिको छायाँमा कि विधिको उज्यालोमा?
सोमवार, साउन १८, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३